Logo

सहकारीको विकृति हटाउन उचित नीति आवश्यकः अर्थ मन्त्री



काठमाडौं, ४ पुस ।
अर्थमन्त्री डा. रामशरण महतले सहकारी क्षेत्रमा बढदै गएको विकृति हटाउन उचित नियम र नीति बनाउन आवश्यक भएको बताएका छन् ।
।राजधानीमा आयोजित एक कार्यक्रममा मनत्री महताले जथाभावी खोेलिएका सहकारीले समाज विकासमा असर पुगेको भन्दै त्यस्ता सहकारीमाथि कडा निगरानी गर्नुपर्ने बताए ।
महतले सहकारीले न्यूनतम आयभएका जनताको जीवनस्तर उकास्ने कार्यक्रम ल्याउनुपर्नेमा समेत जोड दिए ।
पछिल्लो समयमा बढदै गएको नगरपालिकाको प्रक्रियाले ग्रामीण भेगमा रहेका सहकारीलाई करको भार परेको भन्दै केही समयका लागि ग्रामीण सहकारीमा कर मिनाहा गरिएको पनि उनले जानकरी दिए ।

प्रतिक्रिया दिनुहोस्