Logo

पाँच वर्ष भित्र माटोको उर्वरशक्ती बढ्ने



काठमाडौं, ६ पुस । विगत लामो समयदेखि रसायनिक मलको विकल्पमा माटोको उर्व शक्ति बढाउन शुक्ष्म तत्व स्वाइन कन्डिसनर अर्थात माटो सुधारक उत्पादन गर्दे आइरहेको जि.एम. टी. कृषि सामाग्री उद्योगले अबको पाँच वर्षमा माटोको उर्वशक्ति बढाउने ठोकुवा गरेको छ । माटोको उर्वर शक्ति बढाउन राज्यले अर्गानिक मल, माटो परिक्षण लगायतका विभिन्न प्रयत्न गरिरहँदा निजी क्षेत्रको यस्तो चेतावनी आएको हो ।

काठमाडौंको अनामनगरस्थित पूर्वीगेट अगाडी कृषि उपभोक्ता डबलीमा आइतवार आयोजित पत्रकार सम्मेलनमा जि.एम. टी. कृषि सामाग्री उद्योगले राज्यकोे सहयोग बिना नै माटोको उर्वर शक्ति बढाउन सकिने ठोकुवा गरेको हो ।

माटोको उर्वर शक्ति बढाउन राज्यले विभिन्न प्रयत्न गरिरहेको बेला राज्यको सहयोग बिना नै निजी क्षेत्रबाट राज्यलाई चुनौती दिदै अबको पाँच वर्षमा मुलुकभरका खेती योग्य जग्गाको माटो सुधार गर्ने जि.एम. टी. कृषि सामाग्री उद्योगको चेतवानी छ ।

आयोजित पत्रकार सम्मेलनमा जि.एम. टी. कृषि सामाग्री उद्योगका सञ्चालक नारायण गौतमले लामोसमय देखि आफुले गरेको माटो सुधारक स्वाइल कन्डिसनरले किसानको खेतमा माटो सुधार गर्ने काम गरिरहेको जानकारी दिदै अहिले सम्म कुनै पनि किसिमको समस्या र असफल नभएको दाबी गर्दे माटो सुधार गर्न नसके किसानको सबै पैसा समेत फिर्ता गर्ने भनाई थियो ।

राज्यले माटो सुधार गर्ने नाउँमा विकल्पको रुपमा अर्गानिक मल, माटो परिक्षण लगायतका विभिन्न विकल्प अपनाए पनि सफल हुन नसरिहेको भन्दै अहिले सम्म आफनो उत्पादनलाई राज्यले चिन्न नसकेकोमा जि. एम. टी कृषि सामाग्री उद्योगका सञ्चालक गौतमको गुनासो थियो ।

पटक पटक कृषि विकास मन्त्रालय धाउँदा समेत राज्यले वास्ता नगरेको र निर्देशिक समेत नबाउँदा काम गर्न अप्ठ्यारो भइरहेको उहाँको भनाई थियो । आफुले अहिलेसम्म राज्यबाट एक रुपियाँ पनि कुनै किसिमको सहयोग नलिएको र राज्यको सहयोग बिना नै मुलुकभरको माटो सुधार गर्न सक्ने दाबी उहाँको थियो ।

पत्रकार सम्मेलनमा अर्गानिक मञ्च नेपालका अध्यक्ष एवं किसान केबी सुब्बा गुरुङ्गले जि.एम. टी. कृषि सामाग्री उद्योगले उत्पादनको गरेको स्वाइन कन्डिसनरको प्रयोगले माटोको उर्वर शक्ति बढाई उत्पानमा वृद्धि भएको र राज्यले रसायनिक मलको विकल्प दिन नसकिरहेको बेला यो विकल्प नै किसानहरुलाई फलदायी भएको भनाई थियो ।

त्यस्तै गरि पत्रकार सम्मेलनमा सहभागी अन्य किसानहरुले राज्यको अनुदानबाट उत्पादन भएको विभन्न अर्गानिक मल स्वंय राज्यले असफल भएको भन्दै बन्द गरिरहेको र रसायनिक मलको विकल्पमो जि.एम. टी. कृषि सामाग्री उद्योगद्धारा उत्पादित स्वाइल कन्डिसनरको प्रयोग गरिरहेको जानकारी दिएका थिए ।

जि.एम. टी. कृषि सामाग्री उद्योगले अहिलेको अवस्थामा २५ जिल्लालाई पुग्न उत्पादन आफुहरुसँग स्टोक रहेको पनि आयोजित पत्रकार सम्मेलनमा सञ्चालक गौतमले जानकारी दिनुभयो । उहाँले आफनो उद्योगको उत्पादनको प्रयोगले माटोको उर्वर शक्ति बढाई उत्पादनमा वृद्धि र किसानहरुको लागत कम गर्ने दाबी पनि गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्