MAA द्धारा डिभी परेका लागि सहयोग गर्न कमिटि गठन (विज्ञप्ती सहित)

अमेरिका, २२ बैशाख । अमेरिकामा रहेका मधेशीहरु छाता संगठन मधेशी एसोसिएसन इन अमेरिका (MAA)ले वर्ष २०१८ मा डिभी बिजेता बन्न सफलहरुलाई बधाई दिएका छन् । मा ले एक प्रेस विज्ञप्ती जारी गर्दै डिभी परेकाहरुलाई शुभ कामना व्यक्त गर्दै डिभी पर्नु सुखद समाचार भए पनि सही र सल्लाह सुझाव बिना अमेरिका प्रवेशमा कठिन हुने गरेको भन्दै सहजीकरणका लागि डिभी लोटरी समिति २०१८ गठन गरेका छन् । कमिटिमा राज सर्फराज, सतेन्द्र साह, नविन साह, डा बरुण गुप्ता, अनिकेत साह, चेत नारायण यादव, सुवास साह, धर्मेन्द्र झा, डा राकेश साह, दिनेश साह, मिथिलेश यादव, जय साह, दिलिप साह रहेका छन् ।

डिभी परेका मधेशी समुदायका युवायुवतीहरुले सही सल्लाह, सुझाव, परामर्शका लागि कमिटिमा कुनै पनि सदस्यलाई सम्पर्क गर्न सकिनेछ ।