सेक्सबिनाको जीवन सम्भव छ ?

एक बेलायती क्याथोलिक चर्चका बरिष्ठ सदस्यको नाम सेक्स स्क्याण्डलमा आएपछि त्यहाँ ब्रम्हचार्यको विषयमा पुनः प्रश्न उठेको छ। के बिना सेक्स जीवन गुजार्न सम्भव छ ?
अंग्रेजीमा ब्रम्हचार्यलाई सेलीबेली भन्ने गरिन्छ र यो शब्द ल्याटिन भाषाबाट आएको हो । जहाँ अविवाहितका लागि यो शब्द प्रयोग हुने गर्दथ्यो । यसको अर्थ हो, स्थायी रुपले बिना सेक्स रहनु । ब्रिटेनमा यो मुद्दा पुनः चर्चामा छ, खासगरी कार्डिनल कीथ ओ’ब्रायनले यौन आचरण ती मानकहरुसँग कम जसको अपेक्षा गरिएपछि । उनीमाथि लामो समयदेखि यौन दूराचारको आरोप लागिरहेको छ। क्याथोलिक पादरी भएका कारण उनले हरेक प्रकारका यौन गतिविधिबाट टाढा रहनु थियो र स्वयमलाई पूर्ण रुपमा ईश्वर र चर्चका अनुयायीप्रति समर्पित गर्नु थियो । बौद्ध भिक्षुहरुसँग पनि यस्तै अपेक्षा गर्ने गरिन्छ । यो दुवै धर्ममा हस्तमैथुनलाई पनि ब्रम्हचार्यको उल्लंघन मान्ने गरिएको छ ।
धर्ममा विश्वास नगर्नेहरुलाई यो कुरा बुझ्न कठिन लाग्न सक्छ । सबै क्याथोलिक पादरी पुरुष हुन्छन् । यद्यपि त्यहाँ ननका रुपमा ब्रम्हचारी महिला पनि हुने गर्दछन् । तर, यो बहस बढीजसो पुरुष ब्रम्हचार्यकै विषयमा हुने गर्दछ । यदि कडाईका साथ पालना गर्ने हो भने यो विषलाई लिएर प्रश्न उठ्छ कि के ब्रम्हचार्य साँच्चिकै सम्भव छ ?
अक्सफोर्ड विश्वविद्यालयमा एन्डोक्रिनोलजीका प्रोफेसर जाँन बास भन्छन्, पुरुष टेस्टोस्टेरोन अर्थात वृषणोहरुबाट सञ्चालित हुन्छन्, जसबाट सेक्स इच्छा उत्पन्न हुने गर्दछ । यही महिलाहरु टेस्टोस्टेरोन र ओएस्ट्रोजेनको कम मिश्रणबाट संचालित हुन्छन् । उनी भन्छन्, ‘म त भन्छु कि ब्रम्हचार्य पूर्णरुपमा असामान्य अवस्था हो ।’
उनका अनुसार करिबकरिब ८० देखि ९० प्रतिशत पुरुष हस्तमैथुन गर्दछन् र सम्भव छ कि पादरीहरु पनि यसो गर्दछन् । शोधका अनुसार जुन पुरुष बढी स्खलित हुन्छन् उनीहरुमा प्रोस्टेट क्यान्सर हुने सम्भवना कम हुन्छ । उनका अनुसार ‘तपाई भन्न सक्नु हुन्छ कि ब्रम्हचारी रहनु स्वास्थ्यका लागि धेरै राम्रो कुरा होइन ।’
धेरै मानिस जीवनभर बिना सेक्स रहने विषयमा सोच्न पनि सक्दैनन् । जिम्मी ओ’ब्राइनले पादरी जीवन छोडेर आफ्नो सुरु गरे । उनका अनुसार युवावस्थामा ब्रम्हचारी रहनु कठिन छ । उनका अनुसार तपाईले आफ्नो इच्छाविरुद्ध लड्नुपर्छ, धेरै मानिसका लाग यो हरेक दिन लडिने युद्ध हो । जबकी अन्य यसबाट धेरै प्रभावित हुँदैनन् । तर, बीबीसी रेडियोका लागि काम गरिरहेका बौद्ध विश्वपानी भन्छन्, ध्यान गर्ने अभ्यासजस्ता कुराले मस्तिष्कको शक्ति शारीरिक लालसाहरुमा नियन्त्रण गर्न सकिन्छ ।
उनी भन्छन्, मलाई यो कुरामा कुनै शंका छैन कि केही मानिस यो निकै खुसीका साथ पालन गर्न सक्छन् । कतिपय अवस्थामा यो संघर्ष लाग्छ । तर, यो भन्नु जीव वैज्ञानिक रुपबाट तपाई यसो गर्न सक्नु हुन्न । म यसलाई सही मान्दिन ।
बेलायतमा एलेन हाल सेमिनरीका फादर स्टीफल वांग भन्छन्, यो एक प्रकारको त्याग हो जुन धेरै पादरी गरिरहेका छन् । उनका अनुसार जब मानिस आन्तरिक रुपबाट परिपक्व छ, उसको विश्वास पक्का छ तब यो सम्भव छ । उनको नजरमा यो विल्कुल त्यस्तो चुनौती हो जस्तो कि एक श्रीमान आफ्नी श्रीमतीप्रति इमान्दार रहन्छ ।
वांग भन्छन्, कुनै पनि इसाईका लागि हस्तमैथुन, विवाहअघिको सेक्स र श्रीमतीबाहेक अन्य कसैसँग सेक्स गर्नु गलत हो । र, कसैले पनि त्यसो गर्नु हुँदैन ।
उनी भन्छन्, हस्तमैथुन हरेक क्याथोलिकका लागि वर्जित छ । कारण यो हो कि यसले हामीलाई अन्तरमुखी बनाउछ र तपाई मानिसहरुसँग आफ्नो मन बढी खोल्न सक्नु हुन्न । यद्यपि करोडौ क्याथोलिक वांगको यो कुरासँग सहमत नहुन सक्छन् ।
कार्डिनल ओ’ब्राइनसहित धेरै क्याथोलिक मान्छन् कि ब्रम्हचार्यसम्बन्धी अवधारणामा नयाँ शिराबाट विचार गर्नु आवश्यक छ । तर, विश्वपाणी भन्छन्, समस्या ब्रम्हचार्यको होइन, जुन प्रकारले यसलाई जीवनमा थोपरिन्छ समस्या यसमा हो ।
यो कुरामा पनि प्रश्न उठ्ने गरेको छ कि किन केही मानिसले ब्रम्हचारी जीवन बिताउनु परेको छ । कम सहिष्णु मानिने समाजमा पुरुष समलैंगिक पादरी बन्ने बाटो चुन्छन् किनकि त्यहाँ उ स्वयमलाई सेक्सबाट बचाउन सक्छन् ।
जिम्मी ओ’ब्राइनका अनुसार नयाँ पोपले ब्रम्हचार्यका विषयमा विचार गर्नु आवश्यक छ । जिम्मी ओ’ब्राइनले विवाह गरेको अब २३ वर्ष भइसक्यो, उनी भन्छन्, मैले सही निर्णय लिएँ । तर, वांगका अनुसार मानिसहरु ब्रम्हचार्यका गलत अर्थ निकाल्छन् । जबकि यसले त इश्वका साथ अनौठो सम्बन्ध बनाउछ । उनका अनुसार यो दमन होइन, यो पनि एकप्रकारको प्रेमको कला सिक्नेजस्तै हो । एजेन्सी