वैरो संघको अध्यक्षका लागि रोहन गुरुङको उम्मेद्वारी

काठमाडौं, ३० जेठ ।  नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहन गुरुङले अध्यक्ष पदका लागि उम्मेद्वारी घोषणा गर्नु भएको छ ।

आउँदो असार १७ गते हुने २५ औं साधारणसभाबाट संघको नयाँ नेतृत्व चयन हुँदैछ । संयुक्त  व्यावसायिक समुहबाट गुरुङले मंगलबार उम्मेद्वारी घोषणा गर्नुभएको हो । म्यानपावर व्यवसायीका विभिन्न संस्थाहरुसँग चुनावमा सहकार्य गरेर अघि बढ्ने उहाँले बताउनुभयो ।

व्यवसायिक समुहमा प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्च, वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च, नेपाल वैदेशिक रोजगार तमुधी समाज, वैदेशिक रोजगार तामाङ व्यवसायी समाज, विश्वकर्मा वैदेशिक रोजगार व्यवसायी समाज र वैदेशिक रोजगार मगर समाज रहेका छन् ।

समुहमा रहेका संस्थाहरुबाट प्रतिनिधित्व हुने गरी संघको आउँदो चुनावमा संयुक्त उम्मेद्वारी दिने निर्वाचन परिचालन मूल व्यवस्थापन समितिका संयोजक सरोज कुमार पोखरेलले जानकारी दिनुभयो ।