६१ करोड रुपैयाँ विगोको भ्रष्टाचार मुद्दा दायर हुँदै

काठमाडौं, ४ असार ।  यातायात कार्यालयमा उठेको राजस्व अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६१ करोड रुपैयाँबराबरको भ्रष्टाचार मुद्दा तयार गरेको छ । यातायात कार्यालय इटहरीमा भएको अनियमिततामा नायव सुब्बा सुरेश अधिकारीसहित ८ जनालाई प्रतिवादी बनाइएको छ ।

अख्तियार उच्च स्रोतका अनुसार नासु अधिकारी मुख्य भूमिकामा देखिएको अनियमितता काण्डमा लेखा, प्रशासन अन्य समूहका कर्मचारी पनि परेका छन् । ‘विभिन्न शीर्षकमा दायर भएको राजस्व कम्प्युटरमा इन्ट्री नगरी अनिमितता गरेको भेटियो’ स्रोतले भन्यो, ‘योजनाकारहरुको संरक्षणमा माथिल्ला तहका व्यक्तिहरुसमेत देखिएका छन् ।’ बहुविवाहको उजुरी समेत परेका केही कर्मचारी फरार छन् ।

अञ्चलस्तरको कार्यालयमा ठूलो परिमाणको अनिमितताको नौलो घटना भेटिएको अख्तियार स्रोले बतायो । आइतबारै अख्तिायरबाट निर्णय भएर अख्तियार टोली विशेष अदालत जाँदैछ ।