राजपा नेता राजेन्द्र महतोलाई पृति शोक

सर्लाही, ५ असार । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका अध्यक्ष राजेन्द्र महतोलाई आज पृति शोक परेको छ । उहाँको बुबाको १०० वर्षिय खोभारी महतोको आज बिहान ५ बजेको सयमा निधन भएको छ । ईश्वपुर नगरपालिको बैलवास स्थित राजेन्द्र महतोको ठूलो दाई महेन्द्र महतोको घरमा उहाँको निधन भएको नाती उपेन्द्र महतोले जानकारी दिनुभयो । आज दिउँसो १ बजे बागमती कर्मैया घाटमा दाहसंस्कार गरिने नाती महतोले जानकारी गराउनुभयो । आन्दोलनको क्रममा भैरहवामा रहनुभएको नेता राजेन्द्र महतो सर्लाहीको लागि हिडि सक्नुभएको जनाइएको छ ।