स्वतन्त्र उम्मेदवार किन बढ्यो ? ‘बहिष्कारवादी’ कै उम्मेदवारी

नेपालगन्ज, ५ असार । स्थानीय तह दोस्रो चरणको निर्वाचनमा स्वतन्त्र रुपमा उम्मेदवारी दिनेको संख्या निकै देखिएको छ ।

फरक फरक परिस्थितीले उनीहरुलाई स्वतन्त्र उम्मेदवारी दिन बाध्य बनाईएको छ ।

निर्वाचन बहिष्कारको निति अंगालेका पार्टीका कार्यर्कादेखि निर्वाचनमा सहभागी पार्टीका कार्यकर्ताले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

कपिलवस्तु नगरपालिकामा राजपा नेता रामदास गूप्ताले स्वतन्त्र उम्मेदवारी दिए ।
उनी दुईपटकका पुर्वमेयर हुन् ।

पार्टीले चुनावमा भाग नलिने नीति बनाए पनि चुनावमा जानुपर्छ भन्ने जनाको भावना कदर गर्दै स्वतन्त्र उम्मेदवारी दिएको उनको भनाईछ यो खबर आजको नागरिकमा छ ।