नवलपरासीको बम राखेको फेला पर्यो, नेपाली सेनाको बम डिस्फोज टोली घटना स्थलमा (फोटो फिचर)

नवलपरासी, ५ असार । नवलपरासीको पालिनन्दन गाउँ पालिका कुसुमामा (महेशपुर परासी जाने रोडमा) अज्ञात समूह द्वारा बम राखेको फेला परेको छ । बम  देखे पछि सो क्षेत्रका स्थानीय भयवित भएका छन् । बमलाई निस्क्रिय गर्न नेपाली सेनाको टोली घटना स्थलमा पुगेका छन् । सरकारले प्रदेश २ मा निर्वाचन सार्ने निर्णय गरे पनि प्रदेश नं. ५ मा अवस्था गम्भीर बन्दै गएको छ । राजपाको शान्तिपूर्ण आन्दोलन सँगै सो क्षेत्रको शान्ति सुरक्षा चूनौतीपूर्ण बन्दै गएको छ ।