एमालेसंग तालमेल गर्न तयार रहेका उपेन्द्र, किन अचानक माओवादीसंग हात मिलाए? यस्तो रहेछ भित्री रहस्य

काठमाडौं, ५ असार । बिराटनगर महानगरपालिकाको चुनावी गठबन्धनमा दुई छिमेकी देशहरुको ठाडो विदेशी हस्तक्षेप भएको समाचार प्रकाशमा आएको छ । उम्मेदवारी दर्ता भन्दा एक दिन पहिले नाटकीय ढंगले बिजय कुमार गच्छेदारले नेकपा एमालेसंग हाथ मिलाए पछि बौखलाएका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दर्ताका दिन माओवादी केन्द्रसंग गठबन्धन गरेर आफ्नो गुमेको साख़ बचाउने प्रयास गरेका छन । बिराटनगर महानगरपालिका, धरान, इटहरी, बुटवल उपमहानगरपालिका सहित इनरुवा, दुहबी, भैरहवा नगरपालिकामा एमाले संग चुनावी तालमेल गरि ‘राष्ट्रवाद’को नाममा चुनाव जित्ने दाउमा रहेका उपेन्द्र यादवलाई एमालेले अन्तिम आएर धोखा दिए पछि उनी माओवादी केन्द्रसंग चुनावी तालमेल गर्न बाध्य भएका थिए ।

पहिलो चरणको निर्वाचनमा एमालेको पक्षमा आएको जनमत दोस्रो चरणको मतदानमा पनि आउने अनुमान गरेरनै उपेन्द्र यादवले एमाले अध्यक्ष केपी ओली, वरिष्ठ नेता माधव कुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम लगायतका नेताहरु भेटी चुनावी तालमेलको पर्यास थालेका थिए. यस संदर्भमा उपेन्द्र यादवले आफ्ना पार्टीका दुई वरिष्ठ नेता अशोक राई र राजेन्द्र श्रेष्ठलाई पनि प्रयोग गरेका थिए । एमालेसंग चुनावी तालमेल गर्नकै लागि उपेन्द्रले राजपासंगको आफ्नो पुरानो सम्बन्धलाई बिच्छेद मात्रै गरेनन, एमालेकै सुरमा सुर मिलाउँदै मधेशी जनता, मधेश आन्दोलन, मधेशी नेता तथा राजपालाई तथानाम गाली समेत गर्न भ्याए. पारीबाट जनता ल्याएर चुनाव रोक्ने, बम बारूद बंदूकको भरमा पनि चुनाव गराउन सकिने जस्ता विवादास्पद अभिव्यक्ति दिएर उपेन्द्र यादवले एमालेसंगको सम्भावित चुनावी तालमेलका लागि आधार बनाउँदै थिए । तर अन्तिम समयमा आएर एमालेले उपेन्द्र यादवसंग तालमेल नगरेर उनका राजनीतिक प्रतिद्वन्दी बिजय कुमार गच्छ्दारसंग तालमेल गरि हाले । उपेन्द्र यादव भन्दा बिजय कुमार गच्छ्दार विश्वासिलो भएको, तराई मधेशमा पनि उपेन्द्र यादवको जनाधार खस्की सकेको, मोरंग सुनसरी लगायत पश्चिम तराईका जिल्लाहरु कैलाली कंचनपुरमा समेत गच्छ्दारकै पकड रहेको तथ्यांक पाए पछि एमालेले गच्छ्दारसंग सजिलै चुनावी तालमेल गर्यो ।

एमालेसंग आफ्ना चिरप्रतिद्वंद्वी गच्छ्दारले चुनावी तालमेल गरेको थाहा पाए पछि उपेन्द्र यादवले आफ्ना पार्टी का सह अध्यक्ष राजेन्द्र श्रेष्ठ मार्फ़त चिनियाँ राजदूतलाई संपर्क गर्न लगाएका थिए। एमालेलाई दबाब दिएर भए पनि अथवा गच्छ्दारलाई मिलाएर भए पनि तीन दलीय तालमेलको प्रस्ताव राख्न लगाएका थिए. तर चिनियाँ दूतावासले यस कुरामा धेरै चासो नलिए पछि अशोक राई मार्फत माओवादीसंग चुनावी तालमेल गराई दिन चिनियाँ राजदूतलाई हार गुहार गरेका थिए । उपेन्द्र यादवको चर्को दबाब पछि चिनियाँ राजदूतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग भेंट गरि फोरम नेपालसंग कम्तिमा पनि एक ठाउमा तालमेल गर्न आग्रह गरेका थिईन । उम्मेदवारी दर्ताका दिन शनिवार बिहानै चिनियाँ राजदूत प्रचण्ड निवास लाजिम्पट पुगेकी थिईन । चिनियाँ राजदूतकै दबाबमा प्रचण्डले बिराटनगरमा संघीय समाजवादी फोरम नेपालसंग चुनावी तालमेल सम्भव भएको थियो । कहिले नेपाली कांग्रेसको गढ़ मानिएको बिराटनगर महानगरपालिकामा यस पालीको स्थानीय चुनावमा कांग्रेस संगसंगै नेपाल लोकतांत्रिक फोरम र संघीय समाजवादी फोरम नेपालको पनि जुंगाको लड़ाई हुंदैछ । कांग्रेसको गढ़मा आफ्नो पकड कायम राख्न पार्टीका शीर्ष नेतृत्व देखि जिल्ला स्तर का नेता सम्म लागि परेका छन भने बिजय कुमार गच्छेदारले एमालेसंग तालमेल गरी कांग्रेस र उपेन्द्र यादवको उम्मेदवारलाई हराउन कुनै कसर राखि रहे छैनन । उता अन्तिम समयमा आएर माओवादी संग चुनावी तालमेल गरेका उपेन्द्र यादवको पार्टीको अवस्था त्यति राम्रो भने छैन ।