सप्तरी बाढी पहिरो प्रत्यक्ष जे देखियो, त्यही लेखियो, सरकार तिलाठी अझै डुबाउने कि जोगाउने ? (ग्राउण्ड जिरो)

सप्तरी, २६ असार । सप्तरी जिल्लामा विगत २० वर्ष देखि बर्षाको समयमा सुख्खा नदिहरुमा आएको बाढी पहिरोले स्थानीयहरु पिडित हुनु परेको घटना नयाँ हुदैं होइन । सप्तरी जिल्ला भित्रको खाँडा नदि, महुँली सहित अन्य सुख्खा नदिहरुमा बर्षाको समयमा आउने पानिको भेलले नदि किनारमा रहेको गाँउ वस्तीहरु डुवान हुदैं आएको हो ।

सुख्खा नदिहरु बर्षाको समयमा आएको पानिको तिव्र बहावले प्रत्येक वर्ष आफनो बाटो परिवर्तन गर्दै स्थानीयको गाँउ वस्ती हुदैं उब्जाउ हुने नीजि जग्गा जमिन समेत कटान हुने गरेका छन् ।       
गत वर्ष देखि सप्तरीको नदिहरुमा आएको बाढी पहिरोले झनै तनाव दिएको छ । यस वर्ष पनि असारको पहिलो साता देखिनै नदिहरुमा आएको बाढीले हजारौंको संख्यामा घर बाहर विहिन हुनु परेको छ । समयमा नै सचेत नहुने हो भने, सप्तरी जिल्ला बाढी पहिरोले उब्जाउ हुने हजारौं हेक्टर जमिन मरभुमिमा परिणत हुने खतरा बढेर गएको छ ।


वास्तविकता जे देखियोः
१. स्थानीय प्रशासनको कमजोरी ः स्थानीय प्रशासन सप्तरी जिल्लामा रहेका नदि नालाको अवस्था बारे जानकार हुँदा हुदै पनि पूर्व तयारी नगर्नु स्थानीय प्रशासनको ठुलो कमजोरीको रुपमा देखिएको छ । स्थानीय प्रशासन बाढी पहिरोले पिडित भई सके पछि राहत संकलन र ताते जस्तो गरे पनि घटना हुनु पूर्व गर्नु पर्ने तयारी, त्यसको रोकथाप लगायतको विषयमा बर्षाै भरी मौन बस्ने नियतीको कारणले समस्या विकराल बन्दै गएको छ ।


२. जग्गाको मुआब्जा ः सरकारले नदिहरुमा बाँध बनाउने योजना ल्याएका छन् । कतिपय ठाँउहरु बाँध पनि नबनेको होइन तर स्थानीय सँग विना छलफल नदिको किनारमा रहेको निजी जमिनमा बाँध बनाउने गरेको पाइयो । सरकारले नदि नियन्त्रणका लागि स्थानीय सँग समन्वय नगरी गर्दा धेरै समस्या स्थानीय स्तरमा देखियो । विना मुआब्जा स्थानीयले आफनो निजी जमिनमा बाँध बनाउने नदिने भन्दै विरोध र अदालतमा मुद्धामामिल समेत रहेको हुनाले बाँध उपयुक्त र बैज्ञानिक आधारमा भन्दा पनि हचुवाको भरमा केवल बालुवा बनाइएको देखियो । जुन बालुवाको बाँधलाई पानिको भेलले सबै बगाएर लगि सकेका छन् ।


३. भ्रष्टाचारीको जालो ः सप्तरीको बाढी पहिरो नियन्त्रणका लागि सरकारले बजेट विनियोजन गर्दा त्यसको प्रभावकारी काम नभएको प्रष्ट देखिन्छ । सप्तरीको नदि नियन्त्रणका लागि गरिएको ठेक्का पट्टामा केन्द्र देखि स्थानीय स्तर सम्म भ्रष्टाचारीको जालो देखिएको छ । मन्त्री, सचिव, स्थानीय देखि केन्द्र स्तर सम्मका नेता कार्यकर्ता, ठेक्केदारले केवल देखावटी काम गरेको बाँध अवलोकन गर्दा प्रष्टै देखिन्छ । सरकारले तत्काल सप्तरी जिल्लाको भ्रष्टाचारको छानविनका लागि संसदीय समिति गठन गरी सरोकारवाला निकायलाई काम भए नभएको पैसा निकासा भए नभएको, भ्रष्टाचार गर्ने व्यक्ती, कर्मचारी, नेता जो कोही भए पनि तत्काल कारबाही गर्नुको विकल्प छैन । विजुलीका गतिमा बग्ने नदिमा केवल बालुवाको बाँध बनाउनु कति उपयुक्त थियो वा थिएन ? बाँध बनाउँदा त्यसलाई टिकाउ र दिर्घकालिन रुपमा बाढी नियन्त्रण गर्न आवश्यक अन्य विकल्पहरुको किन प्रयोग गरिएन ? बाँध बनाउँदा त्यसको गुणस्तरलाई अनुगमन गर्ने निकायले अनुगमन गर्यो वा गरेन ?


४. तिलाठी बर्षेनी डुवान ः भारतीय सीमासित जोडिएको सप्तरीको तिलाठी गाउँ हरेक वर्षामा डुबानले पीडित हुन्छ । खाडो खोलाको बाढीका कारण डुब्दै आएको छ तिलाठी । डुबान समस्याकै कारण कयौं परिवार अन्यत्र गएका छन् ।
तिलाठीमा घर भए पनि अन्यत्रै गएर बसोबास गर्नेको संख्या धेरै छ । यस वर्ष पनि तिलाठीमा गत शनिबारको बाढीका कारण ४ सयभन्दा बढी घरमा पानी पसेको छ । बाढी आएको साता बित्दा पनि तिलाठी पूर्व टोलका घरहरु चारैतिरवाट पानीले घेरिएको छ । पानीको निकास हुन सकेको छैन ।
तिलाठीको बाढी नियन्त्रणका लागि वर्षेनी करौडौं रकम खर्च हुँदै आएको छ । तर न त तिलाठी डुबानबाट बच्न सकेको छ न त तिलाठीवासी बाढीको त्रासबाट निस्कन सकेका छन् । बाढीको बितण्डाले तिलाठीसँगै लौनिया, सकरपुरा, रम्पुरा महल्हनियालगायत गाउँलाई सधैं त्रसित बनाएको छ ।
तिलाठी हरेक वर्ष डुब्नुको पछाडी २ वटा प्रमुख कारण छ । एउटा स्थानीय समस्या अनि अर्को भारतको हेपाहा प्रवृत्ति । यी दुई समस्या समाधान गर्न सकिए खाडो नदीको बाढीबाट तिलाठी र आसपास गाउँलाई सुरक्षित बनाउन सकिन्छ ।

५. भारतीय हेपाईको चपेटामा तिलाठीका जनताः खाडो नदीको बाढीबाट तिलाठी र आसपास बस्ती हरेक वर्ष डुबान र कटानमा पर्नुको अर्को प्रमुख कारण हो भारतीय हेपाहा प्रवृत्ति । सहमतिअनुसार काम नगर्ने, खाडो नदीको बहाबलाई छेक्ने गरि बाँध निर्माण गर्ने अनि नदीको पुरानो बहाबलाई नखोल्नेलगायत भारतीय प्रवृत्तिले खाडोको पानीको सहज निकास हुन नसक्दा पानी थुनिने र नेपाली बस्ती डुब्ने गरेको छ ।

गतवर्षको झडप पछि र कयौं वर्षदेखि खाडो नियन्त्रणका लाग भारतीय पक्षले गरेका सहमतीहरु अझै पालना गर्न आनाकानी गर्ने गरेका छन् ।
५. राहतको राजनीतिः बाढीले प्रत्येक वर्ष पिडित हुने सप्तरी बासीको लागि नियती नै बनेको छ । बाढीले घरबार विहिन भए पछि राहतको नाममा चलखेल समेत हुने गरेको स्थानीयहरुले गुनासो गरेका छन् । राहत क्षनिक पिडाबाट मुक्त गर्नका लागि मात्र हो , तर आम जनता राहत भन्दा पनि दिर्घकालिन यसको उपचार खोजेका छन् ।

पत्रकार चन्दन रौनियार, कान्तिपुर दैनिकका लागि सप्तरी सम्वाददाता अवधेश झाको सहयोगमा अनन्त अनुरागले तयार पारेको रिपोर्ट