प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी)मा नयाँ कार्यसमिति

काठमाडौं, २१ भाद्र । प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी)को मंगलबार सम्पन्न ८ औं साधारणसभाले कुलप्रसाद कार्कीलाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ । यसअघि पनि अध्यक्षका रुपमा कार्यरत कार्की दुई वर्षका लागि अध्यक्षमा निर्वाचित हुनु भएको हो ।

समितिको उपाध्यक्ष गौसरी पुन, महासचिव सोमप्रसाद लामिछाने, सचिव धिरेन्द्र चौधरी र कोषाध्यक्षमा देवीप्रसाद खत्री चयन हुनुभयो । त्यस्तै समितिको सदस्यहरुमा विष्णु आले, रमा खनाल, पार्वती तिमल्सिना र तुलसीराम सुवेदी निर्वाचित हुनुभयो ।

वैदेशिक रोजगारीमा जाने कामदारको अधिकारका क्षेत्रमा कार्यरत समिति २०६६ जेठ २० मा स्थापना भएको हो ।