जनकपुर निवासी सुनिल साह एनआरएन अमेरिकाको बरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित

अमेरिका, २३ भाद्र । जनकपुर निवासी सुनिल साह एनआरएन अमेरिकाको बरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित हुनु भएको छ । जनकपुर स्थायी घर भई हाल अमेरिकामा बसोवास गर्दै आउनु भएको साह मधेशी एसोसिएन इन अमेरिका (मा) को अध्यक्ष समेत हुनुहुन्छ । विभिन्न समाजिक कार्यमा सक्रिय रहनु भएका साह टेक्सासको डल्लास शहरमा बसोबास गर्दै आएका शाह पेशाले आईटि ईन्जिनियर हुन् । नेपालमा हुँदादेखि हालसम्म उनी सामाजिक सधै सामाजिक काममा सक्रिय हुदै आएको उनका नजिकका साथीभाई बताउछन ।

नेपालको जनकपुरमा जन्मिएका उनको बाल्यकाल जनकपुरमा युवा अवस्था काठमाडौँमा बित्यो । ईञ्जिनियरिङ्ग सकेर नेपाल मै सक्रिय शाह मास्टर्स डिग्रीका लागि अमेरिका आएका हुन् । अमेरिकाको फ्लोरिडास्थित प्रतिष्ठित कलेजबाट मास्टर्स डिग्री गरेका शाहले अहिले आईटी ईन्जिनियरका रुपमा काम गर्दछन ।

एनआरएन अमेरिकामा स्थापनकालदेखि नै सक्रिय शाह अघिल्लो कार्यसमितिमा सल्लाहकारका रुपमा क्रियाशील थिए । त्यसअघि पनि शाह आईसिसि र एनसिसिका विभिन्न टास्क फोर्स र कमिटीमा रहेर काम गरिसकेका छन् ।