मधेशी एसोसिएसन इन अमेरिका (मा) द्धारा सय बर्षिय बरिष्ठ नागरिक सम्मानित

अमेरिका, २६ भाद्र । मधेशी एसोसिएसन इन अमेरिका (मा) ले बरिष्ठ नागरिकलाई सम्मान गरेका छन् । मधेशी एसोसिएसन इन अमेरिका (मा) अस्टिन च्यापटरले एक भव्य कार्यक्रमको आयोजना गरी बरिष्ठ नागरिक १०० बर्षिय किसुन देव यावदलाई दोसल्ला ओढाएर सम्मान गरेको छ । मधेशी एसोसिएसन इन अमेरिका (मा) का केन्द्रिय अध्यक्ष सुनिल साहले दोसल्ला ओढाएर बरिष्ठ नागरिक किसुन देव यादवलाई सम्मान गर्नु भएको हो । कार्यक्रममा मधेशी एसोसिएसन इन अमेरिका (मा) का केन्द्रिय कोषाध्यक्ष मोहमद रफिक, सचिव आनन्द यादव, सल्लाह कौशल यादव समेतको उपस्थिती रहेको थियो । मधेशी एसोसिएसन इन अमेरिका (मा) का केन्द्रिय पदाधिकारीहरुले नवनिर्वाचित अस्टिन च्यापटरका पदाधिकारीहरुलाई स्वागत गर्नु भएको थियो ।
सो अवसरमा नव निर्वाचित मधेशी एसोसिएसन इन अमेरिका (मा) अस्टिन च्यापटरका पदाधिकारीहरुलाई प्रमाण पत्र समेत वितरण गरेका छन् । अस्टिन नवनिर्वाचित पदाधिकारीहरुमा अध्यक्षः मिथिलेश यादव, उपाध्यक्ष जगदिश साह, संजिव यादव, शैलेद्र विजय यादव लगायतलाई केन्द्रिय अध्यक्ष साहले प्रमाणपत्र वितरण गर्नु भएको थियो ।