आजदेखि दसैँका लागि नयाँ नोट साट्न पाइने

काठमाडौं, २८ भाद्र । नेपाल राष्ट्र बैंकले दसैँका लागि बुधबारदेखि नयाँ नोट साट्दै छ । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय थापाथलीसहित नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका शाखाहरुबाट बुधबारदेखि नयाँ नोट साट्न पाइने ब्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।

ती बैंकका शाखाहरुबाट ५, १०, २०, ५० र एक सय दरका नयाँ नोट सटही गर्न सकिनेछ । राष्ट्र बैंकले निकालेको सूचनामा नयाँ नोट एकजनाले २० हजार रुपैयाँसम्मको साट्न पाउनेछन् ।

यस्तै राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका काउन्टरबाट भने २७ हजार रुपैयाँसम्म नोट सटही गर्न सकिनेछ ।