युएईका जेलमा १०९ नेपाली, रक्सीका कारण जेल पर्ने धेरै

काठमाडौं, २८ भाद्र ।  युएईमा १ सय ९ जना नेपाली जेलमा छन् । नेपाली दूतावासले जेलमा रहेका नेपालीका बारेमा तयार परेको प्रतिवेदनमा युएईका सात वटा राज्यमा रहेका ८ वटा जेलमा रहेका नेपालीको तथ्याङ्क सार्वजनिक भएको हो ।

दूतावासले वर्षमा दुई पटक जेल भ्रमण गर्ने अभियान अन्तर्गत दुई महिना अघिदेखि जेल भ्रमण सुरु गरेको थियो । दुतावासका द्वितीय सचिव कृष्ण अर्याल र तृतीय सचिव संगिता न्यौपानेसहित दुतावासको जन सम्पर्क अधिकृत पिआरओलगायतको टोलीले जेलमा रहेका नेपालीलाई भेटेको थियो ।

१ सय ६४ जना जेल परे पनि ५५ जना भने सजाय भोगेर जेल मुक्त भइसकेका छन्  । जेलमा परेका कतिपय नेपालीले आममाफी पाएर स्वदेश फर्किने गरेको र जेलमै रहेका नेपाली नागरिकको सहयोगका लागि प्रकृया सुरु गरेको युएईका लागि कार्यबाहक राजदुत नेत्रबहादुर टन्डनले बताउनुभयो ।

युएईका ८ वटा जेलमध्ये फुजेराह र उम्मल क्विन बाहेक अन्य ६ वटा जेलमा नेपाली छन ।  युएईको दुवईको केन्द्रीय कारागारमा सबै भन्दा धेरै ८३ जना नेपाली छन् ।