सुनचाँदीको भाउ बढ्यो

काठमाडौं, २८ भाद्र । सुनचाँदीको भाउ आज फेरि बढेको छ । सुन तोलामा २ सय तथा चाँदी ५ रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन आज तोलाको ५७ हजार १ सय तथा चाँदी ७ सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ । सुन हिजो तोलामा ३ सय रुपैयाँ घटेर तोलाको ५६ हजार ९ सय तथा चाँदी ५ रुपैयाँ घटेर ७ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।