अमेरिकामा धुमधामका साथ महापर्व छठ मनाए (फोटो फिचर)

अमेरिका, ११ कार्तिक । अमेरिकामा रहनु भएका मधेशी समुदायले भव्यताका साथ छठ पर्व मनाएका छन् । मधेशी एसोसिएसन इन अमेरिकाका पदाधिकारीहरुले संस्थामा सल्लाहकार डा बिनोद साहको घरमा धुमधामका साथ छठ पर्व मनाएका हुन । सो अवसरमा मधेशी एसोसिएसन इन अमेरिका (मा) का पदाधिकारीको सक्रिय सहभागिता रहेको थियो । त्यस्तै, सो अवसरमा परराष्ट मन्त्रालयका सचिव शंकर दास बैरागी, अमेरिकाका लागि नेपाली राजदुत दुर्गा प्रसाद भटट्राई, कन्सुलर मधु मरासनी, डिपुटी कन्सुलर पुष्पराज भटट्राई, र कन्सुलर क्रिसु क्षेत्री लगायतका विशिष्त व्यक्तीहरुको सहभागिता रहेको थियो ।