‘अन्तर्राष्ट्रिय पप स्टार’: अन्तरराष्ट्रिय स्थानमा कलाकारलाई अहिलेसम्मकै ठूलो सम्मान’

काठमाडौं । चर्चित गायक राजेश पायल राई केहि समययता अमेरिकामा सांतीतिक यात्रामा छन् ।
गायक राजेश पायललाई यसैबेला अमेरिकाको रोचेस्टर सिटीमा उनलाई सम्मान गरिएको छ, जसलाई ‘अन्तरराष्ट्रिय मञ्चमा नेपाली कलाकारले पाएको अहिलेसम्मकै ठूलो सम्मान’ रहेको बताईएको छ ।

नेपाली कलाकारले अन्तरराष्ट्रिय स्थानमा अहिलेसम्मकै ठूलो सम्मान पाएको भन्दै उनलाई सामाजिक संजालमा वधाई दिनेको ओइरो लागेको छ ।

राजेश पायलले अमेरिकाको रोचेस्टर शहरमा विशेष सम्मान पाएको भन्दै आफ्नो फेसबुक पेजमार्फत खुसी व्यक्त गरेका छन् ।

राईलाई रोचेस्टर शहरकी मेयर लभ्ली वारेन, डाइरेक्टर डेपुटी मेयर डा। कार्डिक एल अलेक्जन्डरले सम्मान गर्दै, ‘अन्तर्राष्ट्रिय पप स्टार’को संज्ञा दिएका हुन् ।

सोहि सिलसिलामा रोचेस्टर शहरमा हरेक बर्ष ‘राई इज किङ डे’ उत्सव मनाउने घोषणा गरिएको पनि बुझिएको छ । यसका लागि नोभेम्बर ५ लाई मिति तोकिएको छ ।