नेपाल प्राधिकरण र चिनियाँ थ्रि गर्जेजबीच सम्झौताः पश्चिम सेतीमा संयुक्त लगानी गर्ने

chaina-nepal-bidhut pradikaran samhouta

काठमाडौं ३० कात्तिक । नेपाल विद्युत प्राधिकरण र चीनको थ्रि गर्जेजबीच ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि युक्त लगानी गर्नेसम्बन्धी सम्झौता जेभीए भएको छ ।

बिहीबार जेभीए गर्ने गरी चिनियाा टोली काठमाडौं आएको थियो भने विहिबारनै रत्नपार्कस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा बिहीबार दुई कम्पनीबीच सम्झौता भएको छ ।

जेभीएमा प्रारम्भिक हस्ताक्षर भएको १० महिनापछि मात्रै बिहीबार अन्तिम रुप दिएर फाइनल सम्झौता भएको छ ।

प्रारम्भिक सम्झौतालाई थ्रि गर्जेजको बोर्डले लामो समय पास गरेको थिएन । यसैका कारण आयोजना निर्माणको प्रक्रिया अघि बढ्न सकेको थिएन ।

गत ३ माघमा नेपाल विद्युत् प्राधिकरण र थ्रि गर्जेज इन्टरनेसनल कर्पोरेसनबीच पश्चिम सेती आयोजना निर्माणका लागि प्रारम्भिक जेभीए भएको थियो ।

सम्झौता भएको दुई दिनपछि नै प्राधिकरणले उक्त सम्झौतालाई अनुमोदन गरेपनि थ्रि गर्जेजले भने ढिलाई गरेको थियो ।

सन् १९९३ मा स्थापना भएको थ्रि गर्जेज पूर्ण सरकारी स्वामित्वको चिनियाँ कम्पनी हो । यसले चीनमा विश्वकै ठूलो २२ हजार मेगावाटको आयोजना निर्माण गरिसकेको छ ।