वर्डलिंक कम्युनिकेशनसलाई सूचना प्रविधि क्षेत्रको ‘वेस्ट करदाता’ सम्मान प्रदान

काठमाडौं, २ मंसिर । सूचना प्रविधि क्षेत्रमा विगत २ दशक भन्दा बढी समय देखि सेवा प्रदान गरी रहेका वर्डलिंक कम्युनिकेशनस प्रा.लि वर्ष २०७२।२०७३ को सबै भन्दा बढी करदाताको सम्मान प्राप्त गरेको छ । सूचना प्रविधि क्षेत्र अन्तर्गत सबैभन्दा बढी कर दाखिला गरेको भन्दै आन्तिरिक राजस्व विभागद्धारा आयोजित छैठौं राष्ट्रिय कर दिवस २०७४ को अवसरमा सम्मान पत्र हस्तान्तरण गरेका छन् ।
वर्डलिंक कम्युनिकेशनस नेपालको सबै भन्दा ठुलो र अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी हो । वर्डलिंक कम्युनिकेशनसले हाल सम्म नेपालको ७५ औं जिल्लामा विभिन्न माध्यमद्धारा इन्टरनेट लगायतका सूचना प्रविधिको क्षेत्रमा सेवा उच्चतम सेवा प्रदान गरी रहेका छन् ।