सुनचाँदीको भाउ बढ्यो

काठमाडौं ३ मंसिर । सुनचाँदीको भाउ आइतबार बढेको छ । सुनको भाउ तोलामा ५ सय तथा चाँदीको भाउ १० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन आइतबार तोलाको ५६ हजार ४ सय रुपैयाँमा किनबेच भैरहेको छ । शुक्रबार तोलाको ५५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको छ । चाँदी आइतबार तोलाको ७ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।