आइतबार विदेशी मुद्राको सटही दर

काठमाडौं ३ मंसिर । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६६ पैसा र विक्रिदर २७ रुपैयाँ ८२ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ४९ पैसा र विक्रिदर २८ रुपैयाँ ६५ पैसा छ ।

युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ २४ पैसा र विक्रिदर २८ रुपैयाँ ४० पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ९२ पैसा र विक्रिदर २५ रुपैयाँ ०७ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४५ पैसा र विक्रिदर ९ रुपैयाँ ५१ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४३ रुपैयाँ ३४ पैसा छ भने विक्रिदर ३ सय ४५ रुपैयाँ ३३ पैसा रहेको छ ।

एक बहराइन दिनारको खरिददर २ सय ७५ रुपैयाँ ०२ पैसा र विक्रिदर २ सय ७६ रुपैयाँ ६१ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।