Logo

विप्लव कार्यकर्ता पक्राउ, सुरक्षामा कडा निगरानी



भोजपुर, ७ मंसिर । भोजपुरको उत्तरी साल्पासिलिछो गाउँपालिकाबाट नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक कार्यकतालाई प्रहरीले नियन्त्रणमा लिएको छ । साल्पासिलिछो गाउँपालिका वडा नं २, कुलुङको ठोटनेरीका महेन्द्र तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रण लिईएका तामाङ नेकपाका जिल्ला कमिटी सदस्य हुन् । तामाङ पक्राउ परेसंगै भोजपुरमा विप्लवका कार्यकर्ताको संख्या ८ पुगेको छ । पछिल्लो समय उम्मेदवारहरुमाथि भएको श्रृङ्खलाबद्ध बम आक्रमण भईरहेका बेला प्रहरीले विप्लवका कार्यकर्ताहरुलाई धमाधम नियन्त्रणमा लिँदै आएको छ । निर्वाचनको मिति नजिकी संगै जिल्लाको शान्ति सुरक्षामा समेत निक्कै सरक्ष सतर्कता अपानाइएको जिल्ला प्रहरी कार्यलय भोजपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्