बेलायतमा किराँत राईहरुले मनाए शाकेला उधौली

भुमिराज राई
१८ मंसिर बेलायत – युकेमा रहँदै आएका किराँत राईहरुले शाकेला उधौलिको अवसरमा सामुहिक रुपमा आफ्नै किराँत भुमी गेम्बल लेनमा अवस्थित शाकेला थानमा साकेला पूजा गरि उधौली पर्वको शुरुवात गरेका छन् ।

किरात राई यायोक्खा युकेको आयोजनामा आयोजित शाकेला पूजा उपाध्यक्ष चन्द्र राईको अगुवाईमा नक्छुङ किताबसेर राईले शाकेला पूजा गरेका थिए । संस्थाको उपाध्यक्ष चन्द्र राईको अध्यक्षतामा भएको कार्यक्रममा मुन्धुम अध्धेयता कमलजंग राईले शाकेला पूजाका बारेका स्पष्ट पारेका थिए ।

शाकेलाको उत्पती अदभुत तरिकाले माङ सपनामा आफु कहाँ रहेको भन्ने दिए पछी सपना देख्ने नक्छुङ सहित सर्बसाधारण किराँतहरुको समूह त्यो सपनामा देखिएको स्थानमा जाने र बिधी पुर्याएर मुन्धुमले गलाएर शाकेला लुङ शाकेला ढुङालाई पूजा गरेर बिधी पूर्बक स्थापना गरिने  बताए ।

त्यस्तै शाकेला लुङ पानी मुनी, माटो मुनी वा जमिनमा नै पनि रहन सक्ने भए पनि माङ सपनामा आफु रहेको पनि मुन्धुम अध्धेयता कमलजंग राईको भनाइ थियो ।

सपनामा देखिएको शाकेला लुङलाई सजिलो ठाँउ भए जहाँ भेटिएको छ त्यहिं पूजा गर्न सकिने भए पनि भिर अप्ठ्यारो वा खोला नाला जस्तो ठाँउमा रहेको भए मुन्धुमका माध्यमले फकाएर सजिलो ठाउँमा शाकेला लुङलाई लगेर पदास्थापना गरेर पूजा गर्ने चलन रहेको छ ।

साकेला उधौली बालिनाली पाकेर उठाउने बेलामा मंसिर पूर्णिमाका दिन राम्रो उब्जाउ भएको खुशियाली र जंगली जनावर किरा फट्याङ्राहरुदेखी जोगाई दिएर आफुहरुलाई उठाउन दिएकोमा धन्य भएको साथै उब्जाउ भएको अन्नबालिको सह रहिरहोस, र अर्को सालको लागी बिउको पनि सह रहोस र उब्जनिको लागी जोगियोस भन्ने आशिर्बाद प्राप्तिका लागी शाकेला लुङको पूजा गर्ने गरिदै आएको छ । उपाध्यक्ष चन्द्र राईले नक्छुङ किताबसेर राईको शिर उभ्याउँदै साकेला पूजाका माध्यमबाट पित्रीहरुलाई सम्मान गरे भने सबै युकेवासी लगायत सम्पूर्ण किराँतहरुको सुब्बेफाब्बेको लागी आशिर्बाद र एकता मेलमिलाप र भाईचारा प्रगाढ बनोस भन्ने धारण रोखेका थिए । उपाध्यक्ष दिवाकर राईले यसैबर्षदेखि औपचारिक रुपमा शाकेला पूजा, साकेला तिथीमै पूजा गर्ने चलन बसाउने जानकरी दए ।

कार्यक्रममा कार्यसमितिका अधिकांश पदाधिकारिहरु सल्लाहाकारहरु र अन्य किराँत राईहरुको उपस्थिती रहेको थियो । उक्त पुजा पश्चात शाकेला शिली सहित कार्यक्रम समापन भएको थियो ।