प्रदेश-प्रतिनिधिसभा दोस्रो चरणको चुनाव: शीर्ष नेताहरुले गरे मतदान (फोटो फिचर)

काठमाडौं २१ मंसिर – प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणअन्गर्गत निर्वाचनको मतदान कार्य भईरहेको छ । निर्वाचन सुरु हुनासाथ देशका विभिन्न चुनाव क्षेत्रबाट शीर्षनेताहरुले मतदान गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुराबाट मतदान गर्दैछन् भने पूर्वप्रधानमन्त्री प्रचण्डले चितवनबाट मतदान गरेका छन् । झापामा रहेका अर्का पूर्वप्रधानमन्त्री केपी ओलीले अपरान्ह भक्तपुरबाट मतदान गर्ने कार्यक्रम छ ।

पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ (इलाम), कांग्रेस नेता डा. शेखर कोइराला र लालबाबु पण्डित (बिराटनगर) मन्त्री सुनीलबहादुर थापा (धनकुटा) र माओवादी नेता गिरिराजमणि पोखरेल (महोत्तरी)ले बिहानै मतदान गरिसकेका छन् । त्यसैगरी अन्य नेताहरुले पनि मतदान गरिरहेका छन् ।

४ हजार ४८२ उम्मेदवार प्रतिस्पर्धामा

४५ जिल्लामा प्रतिनिधिसभाका १२८ र प्रदेशसभाका २५६ निर्वाचन क्षेत्रमा निर्वाचन हुन लागेको हो । प्रत्यक्ष निर्वाचनतर्फ प्रतिनिधिसभाका लागि एक हजार ६६३ र प्रदेशसभाका लागि २ हजार ८१९ गरी कुल ४ हजार ४८२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

यसैगरी, समानुपातिक निर्वाचनतर्फ प्रतिनिधिसभाका ११० र प्रदेशसभाका २२० पदमा पाँच हजार ८३८ उम्मेदवार छन् ।

ती निर्वाचन क्षेत्र राखिएका सात हजार ७५२ मतदानस्थल र १५ हजार ३४४ मतदान केन्द्रबाट एक करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्ने छन् ।

दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा तर्फ १३० महिला सहित एक हजार ६६३ र प्रदेशतर्फ २२० महिला सहित दुई हजार ८१९ जना उम्मेदवार गरी जम्मा चार हजार ४८२ उम्मेदवार प्रतिस्पर्धामा छन्। पहिलो चरणको निर्वाचन यही मंसिर १० गते ३२ जिल्लामा भएको थियो ।

कुन कुन जिल्लामा हुँदैछ निर्वाचन ? 
दोस्रो चरण अन्तर्गत इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ, सुनसरी सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट, सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, नवलपरासी ९बर्दघाट सुस्ता पूर्व तनँहु, कास्की, स्याङजा, पर्वत, नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०, पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्यूठान, बाँके, बर्दिया, सल्यान, सुर्खेत, दैलेख, कैलाली, कन्चनपुर, डडेल्धुरा, अछाम र डोटीमा मतदान हुँदैछ ।