राजपा र कांग्रेस कार्यकर्ताबीच सर्लाहीमा झडप, प्रहरीले गर्यो हवाई फायर

सर्लाही २१ मंसिर । कांग्रेस र राजपा कार्यकर्ताबीच सर्लाहीको करौना गाउँपालिका वडन नम्बर २ मा झडप भएको छ ।

दुईपक्षबीच विवादमा भएको झडपपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर समेत गरेको जनाईएको छ ।

जिल्ला प्रहरी कार्यलय मलंगवाका अनुसार घटनाबारे सुचना आएपनि विस्तृत विवरण आउन बाँकी रहेको छ ।