मधेश गठबन्धनका संयोजक सिके राउत जनकपुरको माछाबजारबाट पक्राउ

तस्विर फाईल

जनकपुरधाम, २१ मंसिर । स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतलाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार राउतलाई जनकपुरको माछाबजारबाट बिहान ९ः३० बजे पक्राउ गरिएको हो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनविरूद्ध अभियानको आरोपमा राउतलाई पक्राउ गरिएको बताइएको छ ।