८० वर्षीय झुलबहादुर जसले अन्तिम पटक भोट हालेर संसारैबाट विदा भए…

picture file source : google

पाल्पा, रामपुर, २१ । पाल्पा रामपुर नगरपालिका–६ को दरैठाटी मतदान केन्द्रबाट मतदान गरेलगत्तै बिहान ११ः३० बजे एक वृद्धको मृत्यु भएको छ ।

वडाका वडाध्यक्ष हुमनाथ न्यौपानेको अनुसार मृत्यु हुनेमा रामपुर नगरपालिका–६ का ८० वर्षीय झुलबहादुर कुमाल रहेको छ भने न्यौपाने सोही वडाका वडाध्यक्ष हुन् ।

दमको रोगी रहेको कुमालले छोराको सहाराले मतदान गरेका थिए । मतदानगरेलगत्तै घर फर्कने क्रममा मतदान केन्द्र नजिकै उनको मृत्यु भएको हो ।