गाडी नचल्दा यस्तो देखियो राजधानी आठ तस्विरमा हेर्नुहोस् (फोटो फिचर)

काठमाडौं–सधैजसो भिड देखिने राजधानी विहिबार प्रतिनिधिसभा, प्रदेशसभा दोस्रो चरणको निर्वाचनको लागि यातायातका सवारी साधनहरु बन्द गरिएको थियो । सरकारले निर्वाचन हुने जिल्लामा अत्यावाश्यक सवारीबाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाएपछि जिल्लाका सडकहरु सुनासान भएका थिए ।

मतदाताहरु पनि हिँडेरै मतदानकेन्द्रसम्म पुगेका छन् । गृहमन्त्रालयले मतदान हुने दिन अत्यावाश्यक सुरक्षाकर्मी, एम्बुलेन्स, दुध, पानी, विद्युत र निर्वाचन प्रयोजनका लागि पास लिएका सवारीसाधन बाहेक अन्य सवारी साधन सञ्चालन नगर्न भोलिपल्टै सुचना जारी गरेको थियो । राजधानीका सडकमा विहानैबाट फाटफुट् एम्बुलेन्स र सुरक्षाकर्मीका, मिडियाका सवारीसाधन बाहेक अन्य सावरी चलेको देखिएको थिएन ।

तस्विर प्रकाश