Logo

पेरिसडाँडामा माओवादीको भेला, पार्टी एकतावारे के गर्ला ?



काठमाडौं ३ पुष – नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक पार्टी कार्यालय पेरिसडाँडामा आज बसिरहेको छ ।

नेकपा माओवादी केन्द्रले आज केन्द्रीय कार्यालयको बैठक बोलाएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि मुलुकको राजनीतिक अवस्था, सरकार गठन, निर्वाचनमा प्राप्त मतपरिणाम लगायतका विविध विषयमा छलफल गर्न बैठक बोलाएको जनाईएको छ ।

माओवादी केन्द्रले भावी कार्यदिशा र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा समान धारणा बनाउन बैठक बोलाएको जानकारी दिएको छ ।

बैठक सोमबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने पार्टीका प्रवक्ता पम्फा भुसालले जानकारी दिए ।

नेकपा एमालेसँग गठबन्धन गरेर निर्वाचनमा सहभागी भएपछिको अवस्था, पार्टी एकता र पार्टीको समग्र अवस्थाको विषयमा छलफल गर्ने कार्यसूची रहेको पनि बताएका हुन् ।
सरकार गठन, पार्टी एकता, प्रदेश सरकार तथा अन्य तत्कालीन राजनीतिक विषयमा पनि बैठक छलफल केन्द्रित हुने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्