Logo

नेपालको जडीबुटीमा चिनिया ब्यवसायी, भित्रियो अहिलेसम्मकै ठुलो रकम,



काठमाडौं ५ पुस । पहिलोपटक ठूलो रकमको विदेशी लगानी नेपालमा जडीबुटी उत्पादन तथा प्रशोधनका लागि भित्रिएको छ ।

अहिलेसम्मकै ठूलो लगानी नेपाल ल्याउन स्वीकृति २० जना चिनियाँ व्यवसायीको समूहले पाएको जनाईएको हो ।

गत वर्ष रामदेवले नेपालमा अर्गानिक उत्पादन थाल्ने दाबी गर्दै डेढ सय करोड रुपैयाँ लगानीको घोषणा गरेका थिए । तर, त्यसलाई टक्कर दिनेगरी चिनियाँ लगानीकर्ताले नेपालमा एकैपटक एक अर्ब ७६ करोड रुपैयाँ भित्र्याउन लागेका छन् ।

उनीहरुको यो लगानी भारतीय योगगुरु रामदेवको पतञ्जली योगपीठले नेपालमा ल्याउने घोषणा गरेको रकमभन्दा ठूलो रहेको बुझिएको छ ।

चीनका व्यवसायीले जडीबुटी खेती र प्रशोधन उद्योग स्थापनाका लागि गरेको लगानी प्रस्ताव स्वीकृत गरिएको उद्योग विभागको वैदेशिक लगानी महाशाखा प्रमुख खगेन्द्रबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार खेतीसहितको एकैपटक विदेशबाट यति ठूलो मात्रामा लगानी नेपाल भित्रिएको पहिलोपटक हो, अनलाईनखबरमा समाचार छ ।

चिनियाँ रकमबाट मकवानपुरमा जडीबुटी खेती र प्रशोधन केन्द्र स्थापना गरिनेछ । मकवानपुर जडीबुटी खेतीका लागि उपयुक्त जिल्ला मानिन्छ ।

चिनियाँ कम्पनीले समशीतोष्ण हावापानीयुक्त मकवानपुरको उत्तरी क्षेत्रलाई लक्षित गरेको छ । तर, खेती र उद्योग स्थापना गर्ने स्थानबारे केही जानकारी सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्