अव विदेशी कामदारले मलेसियामा लेबी तिर्नु नपर्ने, नेपालीलाई फाईदा

काठमाडौं ६ पुस । अब मलेसियामा कामदारहरुले लेबी तिर्नुनपर्ने भएको छ ।

अब सन् २०१८ देखि रोजगारदाता कम्पनीहरुले नै कामदारको लेबी व्यहोर्नेछन् ।

मलेसिया सरकारले रोजगारदाताले नै लेबी तिर्नुपर्ने निर्णय गत वर्ष नै गरेको थियो । सो निर्णय १ जनवरी २०१८ देखि लागू हुने मलेसियाको मानव संशाधन मन्त्रालयले जानकारी दिएको छ ।

मलेसियाको यो निर्णयबाट नेपाली कामदारहरु पनि प्रत्यक्ष लाभान्वित हुने भएका छन् । मलेसिया नेपालीहरुको वैदेशिक रोजगारीको एउटा प्रमुख गन्तव्य हो ।

विदेशी कामदारबाट लेबी कटौती नगर्न रोजगारदाता कम्पनीहरुलाई निर्देशन दिइसकिएको छ । नयाँ नियम अनुसार कामदार आफ्नो मुलुक नफर्किएसम्म रोजगारदाता पूर्ण जिम्मेवार हुनु पर्नेछ ।

विदेशी कामदारको लेवि मलेसियाका बिभिन्न क्षेत्रहरुमा फरकफरक छ । मेलेसियन रिंगेट ५९० देखि १ हजार १० सम्म लेवि तिर्नुपर्दछ ।