Logo

खाडी मुलुकमा मूल्य अभिबृद्धि करले नेपालीलाई प्रत्यक्ष असर, युएईमा दुई लाख प्रभावित



युएई । मूल्य अभिबृद्धि कर भ्याट र इन्टरनेट फ्रि कल सेवा बन्दले युएईका नेपालीहरू प्रभाबित भएका छन् ।

गत जनवरी १ तारिकदेखि लागु हुने गरी युएई सरकारले ५ प्रतिशत मूल्य अभिबृद्धिकर भ्याट र ईन्टरनेट मार्फत फ्रि कल स्काईप, भाईबर, म्यासेन्जर, इमो जस्ता सेवाहरू बन्द भए पछि नेपालीहरू प्रभाबित भएका हुन् ।

नयाँ बर्षसँगै युएई लगाएत अन्य खाडी मुलुकमा लगाईएको मूल्य अभिबृद्धि कर भ्याटले युएईका नेपालीहरू प्रभाबित भएका हुन् । ्र

दुताबासको तथ्याङ्क अनुसार युएईमा रहेका २ लाख ६ हजार नेपालीहरूले दैनिक उपभोग्य बस्तुहरू खरिदमा अतिरिक्त कर तिर्नु पर्दा प्रत्यक्ष असर परेको छ । त्यस्तै इन्टरनेट फ्रि कल बन्द भए लगतै सञ्चार कम्युनिकेसन मा ठूलो समस्या परेको छ । जसले गर्दा युएईमा रहेका नेपालीहरूको दैनिक खर्च बढेकोे छ ।

दैनिक प्रयोगमा आउने खाद्यन्न, लत्ता कपडा, पेय पदार्थ, बिजुली सामान, सुनका गरगहना, टेलिफोन, रेमिटेन्स नेपाल पैसा पठाउन सबैमा कर लाग्नेछ आबास,मासिक तलब, यातायात, शिक्षा, अस्पतालमा लाग्ने शुल्कमा भने कर लाग्ने छैन ।

प्रतिक्रिया दिनुहोस्