Logo

धानका वैज्ञानिक उज्जवल केआरएस कुशवाहालाई अन्तर्राष्ट्रिय सम्मान



काठमाडौँ २१ पुष । नेपाल कृषि अनुसन्धान परिषद(नार्क) मा कार्यरत धानका वैज्ञानिक उज्जवल केआरएस कुशवाहालाई सन् २०१८ को लागि इ -लाइफ एम्बेसडर घोषणा गरिएको छ।
इ- लाइफ संस्थाबाट प्राणी ( जीव र वनस्पति ) विज्ञानमा काम गर्ने वैज्ञानिकलाई दिइने यो उच्चस्तरको सम्मान हो। नेपाली वैज्ञानिक कुशवाहा यस अघि सन् २०१६ मा कालो चामलको इतिहास र विकास क्रमको बारेमा अध्ययन गरी पुस्तक प्रकाशित गरि चर्चामा आएका थिए।

उक्त पुस्तक विश्व प्रतिष्ठित विज्ञान जोर्नल प्रकाशक अमेरिकाको सप्रिन्गेरले प्रकाशित गरेको थियो । हाल उनि भारतस्थित गोविन्द बल्लभ पन्त कृषि तथा प्रोधोगिक विश्वविद्यालय पंतनगरमा आनुवंशिकी र बाली प्रजनन विषयमा विद्यावारिधि गर्दैछन् । कुशवाहाका हालसम्म चार दर्जनभन्दा बढी अनुसन्धानपत्रहरु विभिन्न अन्तरर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित छन । उनि करिब एक दर्जन राष्ट्रिय र अन्तरराष्ट्रिय पुरस्कार पाइसकेका छन् ।

केहि समय पहिले नोवेम्बेर २०१७ मा भारतमा भएको वैज्ञानिक सम्मेलनमा उनलाई वेस्ट पेपर अवार्ड पनि प्रदान गरिएको थियो । इ लाइफ एक अति प्रतिष्ठित अन्तर्राष्ट्रिय विज्ञान प्रकाशन समुह हो । जसलाई होवार्ड हुघेस मे्डिकल इन्स्टिट्युट, द मेक्स प्लान्क्स सोसाइटी र द वेल्कम ट्रष्टले स्थापना गरेको हो। यो संस्थाको प्रमुख कार्यालय बेलायतमा रहेको छ। इ- लाइफको प्रमुख सम्पादन नोवेल अवार्ड विजेता रन्डी स्चेक्मनले गर्छन।

कुशवाहा सन् २०१७ को लागि संस्थापक प्लान्ट कल्टेवेटरको रुपमा मनोनयन भएका थिए । प्लान्ट अमेरिकन सोसाइटी आफ प्लान्ट बिओलोजिस्ट को डिजिटल फोरम हो ।

प्रतिक्रिया दिनुहोस्