Logo

राजपामा राजीव झा जस्ता युवालाई राष्टिय सभामा मनोनयन गर्न दवाव



काठमाडौं, २७ पुस । मधेशमा सम्भावना भएका थुप्रै युवा नेताहरु हुनुहुन्छ । आर्थिक, शैक्षिक र राजनीतिक बुझेका युवाहरु माँझ केवल एउटै चर्चा हुने गरेको पाइन्छ । राजनीतिमा लागे पछि अवसर कहिले पाउने ? युवा नेतृत्वको मुख्य समस्या नै जहाँ पनि अग्र पंतिमा पुग्न निकै कठिन रहेको उनीहरुको गुनासो रहेको छ ।

दुई महिना अगाडि सम्पन्न भएको चुनावमा पनि थोरै युवाहरुले प्रत्यक्ष तर्फ निर्वाचन लड्ने अवसर प्राप्त गरे । बाँकी युवा तिनै पुराना नेताहरुलाई जिताउन ज्यान फालेर लागि परे । राजपा होस कि फोरम मधेश केन्द्रित दलमा युवाहरुले विरलै ठाँउ पाएको देखेर मधेशका युवाहरु राजनीतिकमा पूर्णरुमपा समर्पित हुन अरुची देखाउनुको अर्काे कारण यो पनि हो ।

प्रतिनिधी तथा प्रदेशसभाको निर्वाचनमा राजपा नेपालले ऐतिहासीक जीत हासील गरेपनि राजपा नेपालका युवा नेताहरुले पार्टी भित्र दिएको योगदानको मुल्यांकन हुन सकेको छैन । राजपाका यस्तै क्रान्तिकारी युवा नेताहरु मध्ये एक हुन राजपा नेपालका महासचिव राजीव झा । राजीव झा भित्र देश र मधेशको सेवा गर्न जुनुन सवार भएको छ । तर झा अहिले सम्म कुनै पनि राजनीतिक निर्णय गर्न तहमा पुग्न नसक्दा निकै चिन्तीत हुनुहुन्छ । नेतृत्वले चाहेमा अब राष्टिय सभामा हुने मनोनयनमा पनि राजीव झा जस्ता युवाहरुलाई स्थान दिएर राजनीतिमा युवाको सम्भावनालाई जिवित राख्नु नेतृत्वको लागि ठुलो चूनौती बनेको छ ।

को हुन राजीव झा ?
राजपा नेपालका महासचिव राजीव झा मधेश र मधेशीको अधिकारको आन्दोलनमा सशक्त रुपमा लाग्नु भएको छ । विद्यार्थीकाल देखि नै मधेशको अधिकारका लागि समर्पित हुनुभएका राजिव झा २०५८ सालमा मैथिली युवा नाट्यकला तथा समाजकल्याण परिषदका उपाध्यक्ष हुनु भयो । त्यसपछि २०६१ सालमा ग्रासरुट नेपालको अध्यक्ष रहेको बेला नेता झाले उक्त संस्थाको माध्यमबाट मधेश आन्दोलन हुनु भन्दा पहिला नै ‘‘द्वन्द्व पिडित दक्षीण एसिया बर्तमान र भविश्य’’ विषयक अन्तरक्रिया जनकपुरको जिविस भवनको सभाहलमा गर्नुभएको थियो । त्यसपछि २०६२ सालमा ‘ तराई संरक्षण समिति’का अध्यक्ष हुनु भएको नेता झाले २०६३ सालको मधेश आन्दोलनको समयमा घाइते भएकाहरुको उपचारका लागि‘ मधेश आन्दोलन घाइते उपचार कोष’को संयोजक भएर समेत काम गर्नुभएको छ । २०६३ सालको मधेश आन्दोलन पश्चात मधेशको अधिकारका लागि संघर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चाको बुद्धिजिवी संगठनका अध्यक्ष समेत रहनु भयो ।
२०६५ मा भारतको कटिहार बैठकबाट भुमिगत समुहहरुको एकिकरण पछि गठन भएको मधेश राष्ट्र जनतान्त्रिक पार्टीका महासचिव पद सम्हाल्नु भयो । नेपाल सरकारले मधेशमा सशस्त्र संघर्षरत भुमिगत राजनीतिक संगठनहरुलाई वार्ता अह्वान गरेपछि २०६९ साल बैसाख ६ गते नेपाल सरकार संगको वार्ताका क्रममा उहाँ वार्ता टोलीका सह–संयोजक हुदै संयोजक हुनु भयो । भुमिगत राजनीति त्यागेपछि २०६९ माघ १९ गते सद्भावना पार्टी संग एकिकरण पश्चात चन्द्रशेखर मधेशीको नामले पनि चिनिने झा सद्भावना पार्टीका केन्द्रिय नेताका रुपमा स्थान पाउनु भयो ।
मधेशको अधिकारका लागि विगत २२ वर्ष देखि अनवरत रुपमा लडिरहेका सदभावना पार्टीले विभिन्न माग राखि मधेशका जिल्लाहरुमा सुरु गरेको तीन दिने रिलेअनसनका क्रममा नेता झाले बैसाख २७ र २८ गते जनकपुरको जनकचौकमा रिले अनसनमा बस्नु भएको थियो । त्यस पछि पार्टीको केन्द्रिय कार्य समितिको बैठकबाट भएको निर्णय अनुसार पार्टीको १० बूँदे माग सहित स्थानिय स्तरको माग राख्दै भएको आमरन अनसनमा बैसाख ३० गते देखि आज छैठौँ दिन पनि उहाँले आमरण अनसनमा बस्नु भयो ।
लेडसेडिङ भएको बेला जनकपुर चुरोट कारखानाको जेनरेटर तथा नेपाल विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्रका जेनरेटर संचालनमा लयाई धनुषालाई लोडसेडिङ मुक्त गर्नुपर्ने, हरेक राजनीतिक, संबैधानिक, कुटनीतिक, आदालती लगायतका निकायमा ५० प्रतिसत मधेशीको नियुक्ति गर्नुपर्ने,किसानहरुका लागि मल, खाद्य, वीउ तथा कृषिजन्य उपकरण खरिदमा ८० प्रतिसत सब्सीडीको व्यवस्था गर्नुपर्ने,सशस्त्र संगठनका नेता कार्यकर्ताहरु माथि राज्य द्वारा लगाइएको मुद्दा अविलम्ब खारेज गर्नुपर्ने लगायतका माग राख्दै आमरण अनसनमा अन्य नेता सहित सद्भावना पार्टीका केन्द्रिय नेता राजिव झा आमरण अनसनमा बस्नु भएको थियो ।
भरखरै सम्पन्न प्रतिनिधी सभा तथा प्रदेशसभाको निर्वाचनमा धनुषामा राजेन्द्र महतो,महोत्तरीमा महन्थ ठाकुर र रौतहटमा अनिल झालाई जिताउन महत्वुर्ण योगदान दिनुभएको छ । खास गरि धनुषामा राजेन्द्र महतोलाइृ जिताउनका लागि दिनरात प्रचार प्रसारमा भिडेका नेता झाले प्रदेशसभामा उम्मेदवारी दिने मनसाय वनाएपनि आफनो क्षेत्रका नेतालाई जिताउनका लागि उम्मेदवारी दिने सोच त्यागनुभएको थियो ।
आफनो पार्टीलाई आगाडी बढाउनका लागि दिन रात मेहनत गर्ने इमान्दार नेताको रुपमा रहेको राजपा नेपालका महासचिव राजीव झा धनुषामा दिग्गज केन्द्रिय नेताको रुपमा चिनीनुहुन्छ । मधेश र मधेशीका लागि आफनो घरबार त्याग गरेर आफनो जिवन राजनीतिमा लगाएका नेता राजीव झालाइृ पार्टीले मुल्यांकन गर्नुपर्ने समय आएको छ । सहि नेताको सहि मुल्यांकन गरेर इमान्दार नेताहरुलाई देश र मधेशको सेवामा लगाउनुपर्ने आवश्यकता रहेको राजनीतिविदहरुको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्