स्थानीयतहका प्रतिनीधि अन्यौलमा, सरकार भन्छ अन्यौलता बहाना मात्रै हो

काठमाडौं, २८ पुस । स्थानीय जनप्रतिनिधिले ऐन र कार्यविधिको अभावमा काम गर्न समस्या भएको दाबी गरिहरेका बेला सरकारले जनप्रतिनिधिलाई काम गर्न ऐन अभाव नभएको जनाएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले बरु स्थानीय जनप्रतिनिधिकै कारण काम हुन नसकेको तर यसमा ऐनको कुनै कमी नभएको दाबी गर्नुभयो । सीआईएनसंँग कुरा गर्दै सचिव थपलियाले जनप्रतिनीधिले सामान्य गर्न सक्ने काम पनि नगरेको टिप्पणी गर्नुभयो । स्थानीय प्रतिनीधिहरुले भने कानुन र कर्मचारीको अभावमा काम गर्न नसकेको बताइरहेका छन् ।