Logo

जाडोले सप्तरीमा मर्नेको संख्या २३ पुग्यो, अझै पनि कम भएको छैन शितलहर



राजविराज, २७ पुस (रासस) ः अत्यधिक चिसोका कारण सप्तरीमा आज साँझ तीन जनाको मृत्यु भएको छ ।

छिन्नमस्ता गाउँपालिका–२ रामपुरा बस्ने ५२ वर्षीया सरोदेवी मुखिया र ७० वर्षीया सरस्वतीदेवी साह तथा सुरुङ्गा नगरपालिका–१ निवासी ५१ वर्षीय अम्बरबहादुर पुलामीको चिसोका कारण मृत्यु भएको प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताउनुभयो ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याइएको छ । यससँगै सप्तरीमा चिसोबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्