श्रम कार्यालयका नासु २ लाख घुस सहित अख्तियारको फन्दामा

काठमाडौं, २८ पुस । वैदेशिक रोजगार विभाग श्रम कार्यालय तहाचलका एक नासु २ लाख ३४ हजार रुपैयाँ घूससहित पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रवार विभागका नायव सुब्बा (नासु) खगेन्द्रप्रसाद गौतमलाई उक्त घूस रकमसहित पक्राउ गरेको हो । आयोगको टोलीले गौतमलाई काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो । साभारः आजको न्यूज