Logo

मधेशी र थारु समुदायले संयुक्त रुपमा अमेरिकामा पनि मनाए ‘माघी पर्व’ (फोटो फिचर)



अमेरिका, ३ माघ । मधेशि एसोसिएसन इन अमेरिका (मा) चिकागो च्यापटर र चिकागो थारुल्याण्ड सोसाइटीले संयुक्त रुपमा भव्यस्ताका साथ माघी तथा संक्रान्ती २०१८ मनाएका छन् । गैर आवासीय संघ अमेरिकाका बरिष्ठ उपाध्यक्ष तथा मधेशि एसोसिएसन इन अमेरिका (मा)का केन्द्रिय अध्यक्ष सुनिल साहको प्रमुख आतिथ्यमा माघी तथा संक्रान्ती २०१८ मनाइएको हो । सो कार्यक्रमको अध्यक्षता चिकागो थारुल्याण्ड सोसाइटीका अध्यक्ष इन्द्रकान्त चौधरीले गर्नु भएको थियो । सो अवसरमा सुरेन्द्र चौधरी (मा केन्द्रिय बरिष्ठ उपाध्यक्ष), विक्रम चौधरी (उपाध्यक्ष,मा चिकागो च्याप्टर), सत्य चौधरी, डा. राम कृष्ण साह, कासी प्रसाद सिंह, सुमन वस्ती लगायतका व्यक्तीहरुले शुभ कामना मन्तव्य राख्नु भएको थियो । २ सय भन्दा बढी सहभागिता रहेको सो कार्यक्रमको उद्घोषण ललित चौधरीले गर्नु भएको थियो ।
कार्यक्रममा मिथिला र थारु पकवान सहितको मिठो खाने कुराका साथ साथै थारु समुदायको पौरानिक सांस्कृतिक कार्यक्रम पनि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्