कालिकोटमा भाइरल ज्वरोको महामारी फैलियो

कालिकोट, ७ माघ । कालिकोटमा दुई सातादेखि फैलिएको भाइरल ज्वरोले महामारीको रूप लिएको छ । तीनजनाको मृत्यु भएको छ । मृत्यु भएकातीनै जनाबालबालिका रहेका छन् । भाइरल ज्वरोकाकारण सदरमुकामस्थित खाडाचक्र नगरपालिकाको २ र ४ वडामा मात्रै ८ सय १४ जना बिरामीभएका छन् । वडा २ मा २ सय ७० र वडा ४ मा ५ सय ४४ भाइरल ज्वरोका बिरामी भेटिएको जिल्ला स्वास्थ्यकार्यालयकाप्रमुख डा. कौशलअलीले जानकारी दिनुभयो । डाक्टर अलीकाअनुसार बिरामी पर्नेमाअधिकांशबालबालिका रहेका छन् । बिरामीमाज्वरो आउने, टाउको तथामांसपेशीदुख्ने, खोकीलाग्ने लक्षण देखिएको छ ।शनिबार वडा २ मेग्रमा डा. नहकुलशाहीको नेतृत्वमा ८ जना र वडा ४ ताडी दलित टोलमाजिल्ला स्वास्थ्यप्रमुख डा. अलीको नेतृत्वमा ८ स्वास्थ्यकर्मीले बिरामीपहिचान गरेको निमित्तप्रजिअ राजकुमार दुलालले जानकारी दिनुभयो । उहाँकाअनुसार भाइरलको महामारी भएकाले थप स्वास्थ्यकर्मी र औषधिमागगर्ने निर्णय भएको छ ।