Logo

चार वित्तीय संस्थाको बोनस शेयर सूचीकृत



काठमाडौं, १४ माघ । नेपाल स्टक एक्सचेञ्जमा आइतबार विभिन्न चार वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ ।

स्टकमा ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, कावेली विकास बैंक र सिद्धार्थ इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत गरिएको हो ।

स्टकका अनुसार ग्लोबल आइएमई बैंकको ८० लाख ८० हजार ३ सय ४१ दशमलव ६६ कित्ता, लक्ष्मी बैंक लिमिटेडको ७४ लाख ७२ हजार ४ सय १२ कित्ता, कावेली विकास बैंकको एक लाख ४० हजार ३ सय ५२ कित्ता र सिद्धार्थ इन्स्योरेन्स कम्पनीको १० लाख ६९ हजार ३५ कित्ता बोनस शेयर स्टकमा सूचीकृत भएको छ ।

प्रतिक्रिया दिनुहोस्