Logo

मिन्दुकामा उच्चमावि चलाउन ९१ किलोग्राम सिक्का दान



धादिङ, १४ माघ । धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर १ मा रहेको मिन्दुका माविमा उच्च माध्यमिक विद्यालय सञ्चालन गर्न आयोजित महायज्ञमा आइतबार सावित्री तिमिल्सिनाले ९१ किलोग्राम सिक्का दान गर्नुभएको छ ।

श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञको तेस्रो दिन आइतवार तिमिल्सिनाले तुलादानको क्रममा ९१ किलोग्राम तौल बराबरको सिक्का २९ हजार १ रुपैयाँ दान गर्नुभएको महायज्ञ मूल आयोजक समितिका अध्यक्ष इश्वरी अर्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्