नेशनल ट्रेडिङ खारेज गर्ने सरकारको निर्णय

काठमाडौं, १६ माघ । सरकारले नेशनल ट्रेडिङलाई खारेज गरेको छ । हिजो बेलुका सकिएको मन्त्री परिषदको बैठकले नेशनल ट्रेडिङलाई खारेज गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले विभिन्न समयमा माओवादीबाट मारिएका केही व्यक्तिलाई शहिद घोषणा गरेको छ । बैठकले रानी जमरा कलरिया सिचाँइ आयोजना, निल गिरी जलविद्युत आयोजना, शिवम् सिमेन्ट र धारखोला जलविद्युत आयोजनालाई वन क्षेत्र प्रयोग गर्न अनुमति दिएको संचारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो ।