नेपालको लगानी प्रवद्र्धनका लागिलगानी कोष स्थापना गर्दैछौंः एनआरएन

काठमाडौं, १७ माघ । गैरआवासीय नेपाली संघ(एनआरएन)ले नेपालको लगानी प्रवद्र्धनका लागि १० अर्बको लगानी कोष स्थापना गर्ने भएको छ । संघका अध्यक्ष भवन भट्टले भौतिक पूर्वाधारको विकास र लगानी प्रवद्र्धनका लागि कोष स्थापना र परिचालन गर्न लागिएको जानकारी दिनुभयो । कोषको स्थापनाका लागि सरकारका निकायसँग छलफल जारी रहेको उल्लेख गर्दै अध्यक्ष भट्टले अब कुरा नभएर काम गर्ने समय आएको बताउनुभयो ।