ICC World Cricket League Division-II: युएई माथि ४ विकेटको शानदार जित

काठमाडौं, २८ माघ । युएई माथि नेपालले ४ विकेटको जित हात पारेको छ । कप्तान पारस खड्काको अर्घसतकिय पारीले युएई माथि ४ विकेटको शानदार जित हात पार्न सफल भएको हो । पहिले ब्याटिंग गरेको युएईले ३१ ओभरमा अल आउट हुदैं १ सय १४ रन जोडेका थिए ।
जवाफी ब्याटिंगमा उत्रेको नेपालले शानदार ब्याटिंग गर्दै २८ दशमलव ५ बलमा ६ विकेटको क्षतिमा सहज जित हात पार्न सफल भएको हो ।