Logo

केन्याद्धारा नेपाललाई १ सय ७८ रनको चुनौतीः नेपालको ४ विकेटको क्षतिमा ७० रन



काठमाडौं, २९ माघ । नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ क्रिकेटको आफ्नो चौथो खेलमा नेपालले अहिले केन्यासँग खेलिरहेको छ । खेल विजयका लागि नेपालले १ सय७८ रनको चुनौती पाएको छ । केन्याले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा १ सय७७ रन बनाएको छ । प्रतियोगिताका तीनमध्ये दुई खेलमा जित र एकमा हार व्यहोरेको नेपाल तेस्रो जितको खोजीमा छ । नेपालले नामिबिया र युएईलाई हराउँदा ओमनसँग हार व्यहोरेको थियो । ६ राष्ट्रको सहभागिता रहेको प्रतियोगिताको शीर्ष दुईमा रहने टोलीले अर्को महिना जिम्बाब्वेमा हुने विश्वकप छनोटमा खेल्न पाउनेछन् ।
अहिले नेपाल ब्याटिङ गरी रहेको छ । १७ ओभरको खेल समाप्त हुँदा सम्म नेपालले ४ विकेटको क्षतिमा ७० रन बनाएको छ । नेपाललाई जितको लागि अझै १ सय ८ रन बनाउनु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्