बाम समर्थकलाई खुशीको खबरः आजै पार्टी एकता टुंग्याउने तयारी भएको खुलासा

काठमाडौं, १ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक कार्यक्रममा सहभागी हुन गृहजिल्ला चितवन प्रस्थान गरेका छन् ।

२३ औं जनयुद्ध दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा संक्षिप्त सम्बोधन गरि बाहिरिएका प्रचण्ड त्यस लगत्तै चितवनका प्रस्थान गरेका हुन । चितवनको गौरीगञ्ज माध्यमिक विद्यालयको वार्षिकउत्सव कार्यक्रममा सहभागी हुन उनी त्यता गएका हुन ।

आजै चितवनबाट फर्किएर तगत्तै एमाले अध्यक्ष ओली र प्रचण्डबीच निर्णायक छलफल गर्ने तयारी छ । आजै पार्टी एकता टुंग्याउने तयारी भएको बताइएको छ ।

जनयुद्ध दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भनेका थिए ‘ ओली जी पनि आजै (जनयुद्ध दिवसका दिन) पार्टी एकता टुंग्याउने पक्षमा हुनुहुन्छ । मेरो पनि प्रयारी त्यसैका लागि हुने छ । यदि त्यसो भयो भने मेरा लागि सबैभन्दा खुशीको क्षण हुने छ ।’