एमाले नेताहरुको यो कस्तो दादागिरीः आग्रा खोलामा एक्जाभेटर आतंक (भिडियो सहित)

फागुन १ धादिङ । प्राकृतिक सम्पदाको दोहन गर्नु गैरकानुनी भए पनि राजनितीक दलको आडमा चुरे क्षेत्रको बिनास गर्ने कार्य भैरहेको छ । चुरे क्षेत्रलाई संरक्षण गर्ने भन्दै राज्य स्तरबाटै राष्ट्रपति चुरे संरक्षण कार्यक्रम नै संचालनमा आए पनि चुरे दोहन अलिकती पनि रोकिन सेकेको छैन । त्यसको उदाहरणको रुपमा धादिङ जिल्लाको थाक्रे गाउँ पालिका वडा नं.३र४ को सिमावर्ती क्षेत्रमा रहेको आग्रा खोलामा खोलाको आकार नै फेरिने गरि एक्जाभेटर चलिरहेको छ ।

खोलामा अनाधिकृतरुपमा एक्जाभेटर सञ्चालन भए पछि स्थानिय केही युवाहरुले त्यसाको बिरोध पनि गरे तर कसैले केही सुनेन् । न त राज्यको कुनै निकायको ध्यान नै गयो । स्थलगत भ्रमण गरेका सिडिओ समेत मौन छन् । यसबाट स्पष्ठ हुन्छ की उक्त कार्यमा राजनितीक दल देखि सरकारी निकायको समेत मिलेमतो रहेको छ । त्यती मात्रै होइन स्थानिय जनप्रतिनिधिहरु समेत मौन बस्नुले प्राकिृतिक सम्पत्तिको दोहनमा उनिहरुले पनि राम्रै भाग पाएका छन् ।

आग्रा खोलामा एक्साभेटर चलाउने अरु कोही नभएर एमालेका स्थानिय नेता तथा क्रसर ब्यबसायी दिलिप पौडेल हुन । उनले एमालेको आड र भरोसामा स्थानियलाई आफ्नो पकडमा लिएर प्राकृतिक सम्पत्तिमाथि हैकम जमाइरहेका छन् । उनले निर्वाचनमा राजेन्द्र पाण्डे र भूमि त्रिपाठीलाई जिताउन युवाहरुको परिचालन गर्नुका साथै राम्रै लगानी गरेका थिए त्यसैको साँवा, ब्याज उठाउन अहिले खोलामा एक्जाभेटर चलाइरहेका छन् । उनले आग्रा खोलामा बिगत ५ बर्ष भन्दा लामो समय देखि क्रसर उद्योग अबैधरुपमा चलाउँदै आएका छन् ।

राज्यले क्रसर उद्योगलाई अबैध भनि चलाउन प्रतिबन्ध लगाएको भए पनि पौडेलले एमालेका नेताहरु पाण्डे र त्रिपाठीको आर्शिवाद पाएकोले निर्धक्कसंग उद्योग चलाई रहेका छन् । आग्रा खोलामा उनको मात्रै नभएर अन्य २ वटा क्रसर उद्योग चलिरहेको छ । एमालेकै संरक्षणमा आग्रा खोलामा क्रसर उद्योग चलिरहेको नाम नवताउने सर्तमा स्थानिय बताउँछन् । स्थानियको अनुसार आग्रा खोलामा हुने ढुङगा गिट्टी र वालुवा उत्खनन्ले पहिरोको जोखिम बढेको छ भने खेती योग्य जमिन भुक्षयको सिकार बनिरहेको छ । खोलामा भैरहेको अबैध गतिबिधिले स्थानियलाई खेती गर्ने समयमा पानीको अभाव भोग्नु परेकोे छ । स्थानिय भन्छन् क्रसर उद्योगमा रहेका ट्रयाक्टरले बाटो बिगारेका कारण बिरामी पर्दा एम्वुलेन्स समेत लैजान समेत नसकिने अवस्था छ ।

राजमार्ग देखि १० किलोमिटरको दुरीमो रहेको थाक्रे गाउँपालिका वडा नम्बर ३ र ४ मा अहिले सम्म सहज रुपमा बाटोको बिकास हुन सकेको छैन । बिकासको दृष्टिले अगाडी हुनु पर्नेमा सिमती एमाले नेताहरुको स्वार्थका कारण बिकासको दृष्टिले पछाडी परेको छ । आग्रा खोलामा एक्जाभेटर चलिरहेको भन्ने बिषयमा जिज्ञासा राख्दा थाक्रे गाउँपालिका प्रमुख रामकुमार आचार्यले आफुलाई कुनै जानकारी नभएको भन्दै खण्डन गरे । उनले यतिसम्म भने की यदि त्यस्तो भएको रहेछ भने आफु भोली नै स्थलगत निरिक्षणमा गएर नियन्त्रण गर्ने समेत बताए । तर गाउँपालिका कै संरक्षणमा एक्जाभेटर चलिरहेको स्थानियको भनाई छ । यसरी जनताको भनाईले पुष्टि गर्छ की प्राकृतिक सम्पदाको दोहनमा राजनितीक दल कै संरक्षण रहेको छ । यदि एमालेका प्रदेश सांसद राजेन्द्र पाण्डे र केन्द्रिय सांसद भुमि त्रिपाठी जनता प्रति थोरै पनि जिम्मेवार छन् भने अबैध गतिबिधि गर्नेलाई किन संरक्षण गरिरहन्छन् ? जनताको मतको सम्मान गर्ने हो भने दलीय आडमा हुने यस्ता अबैध गतिबिधि तत्काल नियन्त्रण गर्न उनिहरु नै अग्रसर हुनु पर्ने देखिन्छ । साभारः सन्चार खबरबाट