भोलिबाट नविन घिमिरे अख्तियार बागडोर सम्हाल्दैं

काठमाडौं, १ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नेतृत्व बुधबारदेखि वरिष्ठ आयुक्त नवीनकुमार घिमिरेले समाल्दैछन्। प्रमुख आयुक्त दीप बस्न्यात फागुन २ गतेबाट अनिवार्य अवकाश पाउँदैछन् ।

उमेरहदका कारण बस्न्यातले अवकाश लिन लागेका हुन्।बस्न्यात अवकाश पाउने भएपछि घिमिरे वरिष्ठताका आधारमा घिमिरेले आयोगको नेतृत्व समाल्न लागेका हुन्। स्वच्छ छविका दक्ष र अनुभवी प्रशासक घिमिरे नै प्रमुख आयुक्त हुने लगभग निश्चित छ।

स्वच्छ छविका दक्ष र अनुभवी प्रशासक घिमिरे नै प्रमुख आयुक्त हुने लगभग निश्चित छ। सरकारी सेवामा लामो अनुभव बटुलेका घिमिरेले गृह र रक्षालगायतका महत्वपूर्ण मन्‍त्रालयमा सचिवको जिम्मेवारी समालेका थिए। अहिलेसम्म कुनै पनि विवादमा नमुछिएका घिमिरे आर्थिक अनुशासन र सुशासनका पक्षमा खरो मानिन्छन्।